Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णप्रसाद यादव नियुक्त

शुक्रवार , मंसिर १९, २०८२

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादव नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख डा। सुरेन्द्र लाभले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि यादवले ६ राजनीतिक दलका ७७ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । यादवलाई नेपाली कांग्रेसका २२ जना, जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेका छन् ।

बुधबार विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपछि प्रदेस प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार ५ बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न आव्हान गरेका थिए ।

प्रदेश प्रमुख लाभले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077