Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश तनाव: सात दलीय गठबन्धनद्वारा प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार

मधेश तनाव: सात दलीय गठबन्धनद्वारा प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार

शनिवार , कार्तिक २९, २०८२

काठमाडौं । मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ ।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शनिबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका थिए ।

सर्वदलीय बैठक नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बहिस्कार गरेका हुन्।

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने दिन (कात्तिक २२ गते)देखि सुरु भएको किचलो नयाँ मुख्यमन्त्री, प्रदेश प्रमुख परिवर्तन र दलहरूबीच एकअर्काविरुद्ध आरोप्रत्यारोप हुँदै कारबाहीसम्म पुगेको छ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू अहिले दुईतिर विभाजित छन्। एकातिर नेकपा एमाले र एक(एक सिट भएका नेपाल संघीय समाजवादी पार्टी तथा राप्रपा छन् भने अर्कातिर सात दलीय गठबन्धन छ।

​बैठकमा मुख्यमन्त्रीसमेत रहेका नेकपा एमाले संसदीय दलको नेता सरोज कुमार यादव सहभागी हुने भएका कारण आफूहरूले बैठक बहिष्कार गरेको सात दलीय गठबन्धन सम्बद्ध दलहरू बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077