Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

सोमवार , मंसिर १, २०८२

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेशका सभामुख रामचन्द्र मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न आदेश जारी गरेको हो ।

सभामुख मण्डलले गत कात्तिक २७ गते सभामुख मण्डलले जसपाका ४ र नागरिक उन्मुक्तिका १ गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए ।

आफूविरुद्ध सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेसँगै सभामुख मण्डलले लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै जसपाका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त भएका थिए । भोलिपल्टै उपसभामुखले प्रतिशोध साँधेको भन्दै उक्त निर्णय बदर गरिएको सूचना निकालेकी थिइन् ।

तरपनि, सभामुखको उक्त निर्णयविरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077