Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समानुपातिकका लागि रास्वपाले गर्‍यो आवेदन आह्वान, युवालाई २७ प्रतिशत कोटा !

समानुपातिकका लागि रास्वपाले गर्‍यो आवेदन आह्वान, युवालाई २७ प्रतिशत कोटा !

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फका उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ । शनिबारदेखि इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरिएको हो ।

रास्वपाले उम्मेदवार छनोटका लागि नयाँ पुस्तालाई प्राथमिकता दिने नीति तय गरेको छ । पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'जेन–जीको स्पिरिटको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै २५ देखि ४० वर्ष उमेर समूहका युवाका लागि जनसंख्या अनुपातअनुसार २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।'

त्यस्तै, प्रवासमा रहेका र उम्मेदवार बन्न स्वदेश फर्किने नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको उल्लेख गरिएको छ।

चितवनको सौराहामा यही कात्तिक २१ र २२ गते बसेको रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठकले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'राज्यका निकायमा जेन–जी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न माग गर्दछौं।'

बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्की, संगठन विभागका सचिव शंकर श्रेष्ठ तथा चितवन, झापा र रुपन्देहीका जिल्ला समितिहरूले सुझाव पेस गरेका थिए।

रास्वपाले पार्टीका सभापति रवि लामिछानेमाथि दायर मुद्दालाई राजनीतिक प्रतिशोधको परिणाम बताउँदै न्यायालयलाई निष्पक्ष र द्रुत निर्णय गर्न आग्रह गरेको छ ।

May be an image of textMay be an image of textMay be an image of text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077