Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योगेश भट्टराईको आग्रह: 'एमाले सभ्य, शिष्ट र जनमुखी बनाऔँ'

योगेश भट्टराईको आग्रह: 'एमाले सभ्य, शिष्ट र जनमुखी बनाऔँ'

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीलाई सभ्य, शिष्ट र जनमुखी बनाउनुपर्ने बताएका छन् ।

भट्टराईले आज सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै यस्तो बताएका हुन् ।

उनले क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी कार्यशैलीयुक्त एमाले निर्माणमा जोड दिएका छन् ।

भट्टराईले फेसबुकमा लेखेका छन्- 'हामी चाहन्छौँ, हामी बनाउँछौँ सबैको सम्मान र आत्मगौरवयुक्त एमाले, सहकार्य र सहअस्तित्वमा आधारित एमाले, सभ्य, शिष्ट र सुसंस्कृत एमाले, क्रान्तिकारी विचार र गतिशील संगठनयुक्त एमाले ।'

सचिव भट्टराईले पार्टीका संस्थापक मदन भण्डारीको विचार र मान्यताअनुसार एमालेलाई बहुआयामिक रूपमा पुनर्गठन गरी आजका चुनौतीको सामना गर्न एकताबद्ध हुन सबैमा अपिल गरेका छन् ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077