Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ छैन : ओली

कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ छैन : ओली

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले चलाउनका लागि सरकारले संसद भंग गरेको आरोप लगाएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहोर्‍याउँदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए।

उनले विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै देशव्यापी आन्दोलन गर्न लागिएको बताए।

ओलीले पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जनेजी आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले 'ड्रामा' गरेको भन्दै आयोगको निर्णय मान्य नहुने स्पष्ट पारे।

निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको उल्लेख गर्दै ओलीले राजदूत फिर्ताका विषयमा अदालतले गरेको आदेशसमेत प्रधानमन्त्रीले उलंघन गरेको आरोप लगाए।

ओलीले कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ नरहेको बताए। झलनाथ खनाल आफूसँग कुरा गर्न आएको भन्दै उनले पदमा कुरा नमिलेपछि माओवादीसँग मिल्न गएको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077