Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेन विरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी

मेयर बालेन विरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।

राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबे, उपाध्यक्ष महराज गुरुङसहितका युवा नेताहरू साइबर ब्युरो पुगेका हुन्।

सामाजिक सञ्जालमा गरेका गालीगलौज गरिरहनुभएकोले त्यसविरुद्ध आफूहरू साइबर ब्युरो गएको संघका अध्यक्ष थेबेले बताए ।

उनीहरुले बालेनले सामाजिक सञ्जालबाट राजनीतिक दल छिमेकी राष्ट्रमाथि अशोभनीय गालीगलौजसहित को स्टाटस हालेको भन्दै कारबाहीको समेत माग गरेका छन्।

बालेनले केही दिनअघि राजनीतिक दल र छिमेकी राष्ट्र भारत र चीनसहितलाई अश्लिल भाषामा सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए। उक्त स्टाटस उनले फेसबुकबाट केहीबेरमै हटाएका थिए।

यसअघि, एमालेनिकट अनेरास्ववियुले प्रहरीमा बालेनविरुद्ध उजुरी दिएको थियो । त्यतिबेला अनेरास्ववियुले जेनजी आन्दोलनमा बालेनको भूमिका रहेको दाबीसहित उजुरी दिएको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077