Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन र कुलमानबीच छलफल जारी

बालेन र कुलमानबीच छलफल जारी

शनिवार , पौष १२, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र  शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङबीच छलफल जारी रहेको छ ।

बालेन र कुलमानबीच एक भएर ‘देश विकास’ एजेन्डामा पार्टी अघि बढाउने विषयमा यसअघि नै करिब सहमति जुटिसकेको थियो ।

सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पनि सहकार्य गर्ने विषयमा घनिभूत छलफल चलेको थियो ।

यसैक्रममा शुक्रबार राति बालेन शाह गोदावरीमा आफ्ना सल्लाहकार कुमार बेन, भुपदेव शाह, केपी खनाललगायत व्यक्तिसँग छलफलमा बसेका थिए ।

भावी राजनीतिक सहमति जुटाउने प्रयास स्वरूप ज्वागलमै बालेनसँग रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री घिसिङले छुट्टाछुट्टै भेटवार्ता गर्दै आएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077