Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पौष अन्तिम साता पदबाट राजीनामा दिदैँ मेयर बालेन

पौष अन्तिम साता पदबाट राजीनामा दिदैँ मेयर बालेन

आइतवार , पौष १३, २०८२

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पौष अन्तिम साता पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि उनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । सो निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ । ९ बुँदे निर्वाचनपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवारी बन्ने सहमतिअनुसार बालेनले निर्वाचनमा भाग लिनुपर्ने छ।

बालेनले निर्वाचनमा भाग लिनका लागि मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । त्यसैका लागि मेयर बालेनले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी भइरहेको बालेन निकट स्रोतले बतायो ।

“महानगरमा केही काम बाँकी छ । त्यो सबै काम सकाएर दुई साता १५ दिनभित्रै मेयरज्यूले राजीनामा गरिहाल्नुहुन्छ,” बालेन निकट स्रोतले भन्यो ।

बालेनले राजीनामा दिएपछि काठमाडौं महानगरको कार्यवाहक नेतृत्व उपमेयर सुनिता डंगोलले सम्हाल्ने छिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077