Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि र बालेनबीच निर्णायक भेट हुँदै

रवि र बालेनबीच निर्णायक भेट हुँदै

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीच निर्णायक भेट हुँदैछ ।

यसअघि सहमतिको मस्यौदा निर्माण गर्न रास्वपा केन्द्रीय सदस्य असिम साह, बालेन साहका निकटवर्ति कुमार व्यन्जनकार र निर्देशक आसिफ साहले रविसँग सामूहिक भेट गरेका भेटेका थिए ।

आजै सहमतिमा हस्ताक्षर गराउने दौडमा रहेका ती नेताहरुका अनुसार कुराकानी सकारात्मक रहेको बुझिएको छ ।

उनका अनुसार रास्वपाले केन्द्रीय समिति र आगामी निर्वाचनमा ४० प्रतिशत राख्ने, उर्जामन्त्री कुलमानघिसिङ  र बालेन शाहलाई २५र२५ प्रतिशत दिने, बाँकी १० प्रतिशत जेनजीहरूलाई दिने प्रस्ताव गरेको पाइएको छ ।

यस विषयमा मेयर बालेन र घिसिङबीच हिजो राति डेढ बजेसम्म छलफल भएको थियो ।

रवि र बालेनबीचको निर्णायक वार्तापछि आजै निष्कर्ष सुनाउने तयारी रहेको बुझिएको छ ।

जसमा रास्वपाबाट चुनावमा भाग लिएर बालेन भावि प्रधानमन्त्रीमा प्रस्तावित हुने दाबी गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077