Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफूले भाग लिन नपाए चुनाव नै हुन नदिने रेशम चौधरीको चेतावनी

आफूले भाग लिन नपाए चुनाव नै हुन नदिने रेशम चौधरीको चेतावनी

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफूले भाग लिन नपाए चुनाव नै हुन नदिने चेतावनी दिएका छन् ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको वृहत् राजनीतिक संवादमा बोल्ने क्रममा चौधरीले यस्तो बताएका हुन् ।

आफूसहित लक्ष्मण थारु र धनिराम चौधरीले आगामी निर्वाचनमा चुनाव लड्न नपाए देशमा चुनाव नै नहुने जिकिर गरे ।

उनले भने- 'रेशम थारु धनिराम थारु र लक्ष्मण थारुले यो चुनावमा भाग लिन पाएनन् भने यो देशमा चुनाव नै हुन सक्दैन । केको चुनाव ? सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? नेपाली कांग्रेस एमाले र जेनजीको इतिहास के थियो ?  जेनजीको इतिहास के छ ?'

उनले टिकापुर घटनामा आफूलाई फसाइएको दाबी गर्दै सिङ्गो थारु समुदायको विद्रोहलाई पन्छाएर कुनै हालतमा चुनाव हुन नसक्ने बताए ।

साथै चौधरीले जेनजीलाई फसाउन सक्नेतर्फ सचेत हुन आग्रह गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077