Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेशम चौधरी उम्मेदवार बन्न नपाउने

रेशम चौधरी उम्मेदवार बन्न नपाउने

आइतवार , माघ २५, २०८२

काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले चौधरीको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतले आदेशमा रिट निवेदनमा संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ (९) र (१०) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ (घ) सम्बन्धी व्याख्याको प्रश्न समेटिएको उल्लेख गरेको छ । अदालतले ती संवैधानिक तथा कानुनी प्रावधानको व्याख्या अन्तिम सुनुवाइका क्रममा हुने भन्दै सुविधा सन्तुलनका आधारमा मागअनुसार अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो ।

चौधरीले कैलाली–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए । तर उनीविरुद्ध उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077