काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् ।
चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका थिए ।
बिहीबार निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो । उक्त निर्णय रोकेर उमेदवारी कायम गर्न माग गर्दै चौधरीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
टीकापुर हिंसात्मक घटनामा चौधरीलाई सर्वोच्च अदालतबाट जन्मकैदको सजाय भएको थियो । चौधरीको रिटमा आइतबारसर्वोच्चमा सुनुवाको पेसी तय भएको छ ।