Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेसम-रञ्जिताको पार्टीबीच शनिबार एकता हुँदै

रेसम-रञ्जिताको पार्टीबीच शनिबार एकता हुँदै

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । गत भदौमा विभाजन भएका रेशम चौधरी र रञ्जिता श्रेष्ठले नेतृत्व गरेको पार्टीबीच शनिबार एकता हुने भएको छ ।

शनिबार सिनामंगलस्थित नाउपा नेपाल कार्यालयमा दिउँसो १ बजे पार्टी एकताको घोषणा हुने जनाइएको छ ।

रेशम जेलमा रहेका बेला रञ्जिताको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो।

पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा छोटो समयमै राम्रो नतिजा ल्याएको थियो। तर दम्पतीबीचको विवादका कारण पार्टी केही समय सुस्त बनेको थियो।

टिकापुरमा भएको पहिलो महाधिवेशनपछि रञ्जितालाई हटाउँदै रेशम अध्यक्ष भएपछि विवाद उत्कर्षमा पुगेको थियो। त्यसको करिब दुई वर्षपछि भदौ २९ गते रेशमले नाउपाबाट अलग भएर कबीर सोबको अध्यक्षतामा नाउपा नेपाल दर्ता गरेका थिए।

नाउपा नेपालसँग भोलि एकता गर्ने करिब सबै तयारी पुरा भइसकेको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् ।

उनले भनिन्- ‘केही कारणले उहाँहरू पार्टी छाडेर जानु भएको थियो, फेरि मैले प्रयास गरेर मिलाएँ । भोलि एकता गर्ने करिब सबै तयारी पुरा भइसकेको छ।’

श्रेष्ठका अनुसार, भोलि हुने एकता तयारी पूरा भइसकेको छ।

एकताको पछि पार्टीको नाम, झण्डा र चुनाव चिह्न नाउपा नेपालकै प्रयोग गर्ने श्रेष्ठले बताइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077