Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीमतीसँगको टकरावले नाउपा छाडेका रेशम चौधरी भन्छन्–देश जोगाउन नयाँ दल दर्ता गर्‍यौं

श्रीमतीसँगको टकरावले नाउपा छाडेका रेशम चौधरी भन्छन्–देश जोगाउन नयाँ दल दर्ता गर्‍यौं

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं । रेशम चौधरीले भौगोलिक, सांस्कृतिक पहिचान सहितको संघीयता र समुदायमा आधारित समाजवादलाई मुख्य नारा बनाएर नयाँ दल खोलेको बताएका छन् ।

आफ्नै श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका उनले आजै निर्वाचन आयोगमा दल दर्ता गराएका हुन् ।

दल दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले भने–‘नेपालको राजनीति अत्यन्त धुमिल भयो । राजनीति गर्नेहरूले नै नागरिकमाथि राजनीति गर्न थाले । त्यसकारण देश जोगाउन, राष्ट्र र राष्ट्रियताका लागि सही, सत्य र यथार्थ राजनीति गर्नुपर्छ भनेर नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) लाई राजनीतिक दलको रूपमा दर्ता गराएका हौं ।’

नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्षको रूपमा जेनजी पुस्ताकै कबिर सोफलाई अध्यक्ष बनाएको भन्दै उनले कबिर पढेलेखेको विद्वान व्यक्ति, देश–विदेशको भ्रमण गरेको र नागरिकको आम यथार्थ बुझ्ने टिकापुरकै चौधरी परिवारको चेलीबेटी र एउटा दलितको पुत्र भएको बताए ।

उनले भने–‘कबिरले टिकापुरको घटना आफ्नै आँखाले देख्नुभयो । टिकापुरमा विभेद् र दमनको अवस्था र परकाष्ठा र सिंगो समुदायमाथिको ज्यादती उहाँले आफ्नै आँखाले नियाल्नु भयो । हामीले उहाँलाई बनाएका छौं ,’

नागरिक उन्मुक्ति पार्टी नेपालको महासचिवमा डाक्टर उमाशंकर चौधरीलाई समेत ल्याएको उनले बताए । उनले भने–‘उहाँ थारू आयोगलाई सम्हाली सक्नु भएको व्यक्ति हो । यी यावत समस्यालाई देशमा भएका विद्यमान समस्यालाई निराकरणका निमित्त हाम्रो दल स्थापित भएको छ । अब यसले हाम्रो देशको राजनीतिक सुशासन र समृद्धिमा टेवा पुर्याउने छ भन्ने मैले अपेक्षा गरेको छु ।’

नयाँ दलभित्र आफू संरक्षकको भूमिकामा रहेको उनले जानकारी गराए ।

चौधरीसहितका नेताहरू बिहीबार दल दर्ताको प्रयोजनका लागि एउटै पोशाकमा निर्वाचन आयोग पुगेका थिए ।

नाउपाकी अध्यक्ष रहेकी आफ्नै श्रीमती रञ्जीता श्रेष्ठसँगको टकरावपछि चौधरी आफू संयोजक बसेर आज नया दल दर्ता गराएका हुन् । जेलबाट छुटेसँगै आफू नाउपाको अध्यक्ष बन्न नपाएपछि चौधरीको श्रेष्ठसँग विवाद बढेको थियो ।

चौधरीले आफू अध्यक्ष बन्न पाउनुपर्ने भन्दै श्रीमती श्रेष्ठविरुद्ध सर्वोच्चमा मुद्दा समेत हालेका थिए । तर अध्यक्ष श्रेष्ठले अदालतलाई चौधरी टिकापुर घटनामा दोषी ठहर भएको भन्दै अध्यक्ष बन्न योग्य नभएको जवाफ दिएकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077