Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाले नयाँ राजनीतिक शक्ति र जेनजीसँग ‘बृहत् राजनीतिक संवाद’ गर्ने

रास्वपाले नयाँ राजनीतिक शक्ति र जेनजीसँग ‘बृहत् राजनीतिक संवाद’ गर्ने

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।

'प्रवास र स्वदेशमा रहेका आम नेपाली जनताले आशा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक, अभियन्ता र नवयुवाहरूबीच सार्थक सहकार्य नहुँदा पुनः पश्चगमनको जोखिम बढ्न सक्छ । त्यसैले खुला र साझा संवादमार्फत साझा बाटोको खोजी गर्ने निर्णय गरिएको हो। विज्ञप्तिमा भनिएको छ ।'

रास्वपाको सचिवालयको बैठकले जेनजीले सुशासन र प्रणालीगत सुधारका लागि गरेका आन्दोलनपछि बनेको परिवर्तित राजनीतिक परिवेशमा दिगो रूपान्तरण र समान सोच भएका शक्तिबीच सहकार्य अघि बढाउने उद्देश्यले यो संवाद गर्ने निर्णय गरेको प्रवक्ता झाले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077