Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीले बोलाइन् सरकार, दल र जेनजीको त्रिपक्षीय बैठक

प्रधानमन्त्री कार्कीले बोलाइन् सरकार, दल र जेनजीको त्रिपक्षीय बैठक

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग त्रिपक्षीय छलफलको आयोजना गर्न आह्वान गरेकी छन् ।

बैठक बुधबार दिउँसो ४ बजे बालुवाटारमा आह्वान गरिएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार, यो बैठक निर्वाचनको वातावरण तयार पार्ने उद्देश्यका साथ आयोजना गरिएको छ ।

बैठकमा सहभागी सबै पक्षले निर्वाचनको पारदर्शी, सुरक्षित र सुसंगत वातावरण निर्माणमा आफ्नो भूमिका कसरी खेल्ने भन्नेबारे विस्तृत छलफल गर्नेछन्।

स्रोतका अनुसार, छलफलमा विभिन्न ८–९ वटा जेनजी समूहका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा प्रधानमन्त्री–मन्त्रीहरू उपस्थित हुनेछन् ।

यसअघि प्रधानमन्त्री कार्कीले दल र जेनजी प्रतिनिधिहरूसँग अलग-अलग छलफल गरिसकेकी थिइन् भने यस पटक सर्वदलीय त्रिपक्षीय वार्ता हुने भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077