Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदाता नामावली दर्ता गर्न सहजीकरणका लागि आयोगसँग प्रधानमन्त्रीको आग्रह

मतदाता नामावली दर्ता गर्न सहजीकरणका लागि आयोगसँग प्रधानमन्त्रीको आग्रह

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । मतदाता नामावली सङ्कलनमा चाप बढेको र अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएको गुनासोपछि प्रधानमन्त्री सुशीला कार्कीले सहजीकरणका लागि निर्वाचन आयोगसँग आग्रह गरेकी छन् ।

सेवाग्राहीले लामो समय कुर्नुपरेको, प्रि–इनरोलमेन्ट फारममा मतदान केन्द्र छनोट गर्न नसकेको, नागरिकता नम्बर प्रविष्ट गरे पनि नामावली दर्ता गर्न प्राविधिक समस्या आउने गरेको लगायत गुनासो बढेपछि प्रधानमन्त्री कार्कीले समस्याको पहिचान गरी समाधान गर्न आयोगसँग आग्रह गरेकी हुन् ।

आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा मतदान गर्ने नयाँ मतदाताले यही कात्तिक ३० गतेभित्र नामावली दर्ता गराइसक्नुपर्ने व्यवस्था छ ।

प्रधानमन्त्री कार्कीले कात्तिक ३० गतेभित्र नामावली सङ्कलन कार्य नसकिएमा मिति थप गर्नसमेत भनेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077