Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री कार्कीको आक्रोश - मलाई होइन, अब बालेनकी श्रीमतीलाई आमा भन्नू

पूर्वप्रधानमन्त्री कार्कीको आक्रोश - मलाई होइन, अब बालेनकी श्रीमतीलाई आमा भन्नू

शनिवार , बैशाख २६, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्की र प्रधानमन्त्री बालेन्द्र शाहबीचको सम्बन्ध प्रधानन्यायाधीश सिफारिस प्रकरणपछि चिसिएको चर्चा सुरु भएको छ ।

संवैधानिक परिषद्ले पहिलो वरीयताकी न्यायाधीश सपना प्रधान मल्ललाई पन्छाउँदै चौथो वरीयताका डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि कार्की असन्तुष्ट बनेकी हुन् ।

यसअघि प्रधानमन्त्री बालेन शाहलाई छोरा सरह मान्ने बताइएकी कार्कीले पछिल्लो घटनाक्रमपछि सार्वजनिक रूपमा नै असन्तुष्टि पोख्न थालेकी छन् ।

शनिबार एक कार्यक्रममा युट्युबर वीरेन्द्र साहले ‘आमा दर्शन’ भन्दै माइक अगाडि बढाएपछि कार्कीले कडा प्रतिक्रिया दिइन् ।

‘को हो आमा भन्ने ?’ भन्दै उनले वरिपरि हेरेपछि साहतर्फ फर्किंदै भनिन्, ‘तिमीहरूको आमा फेरिइसक्यो । म मेरो बच्चाको मात्रै आमा हुँ ।’

साहले ‘तपाईं देशकै आमा हो’ भनेपछि कार्कीले थप कटाक्ष गर्दै भनिन्, ‘मलाई होइन, बालेनकी श्रीमतीलाई आमा भन्नू ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077