Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२४ घण्टामा विपद्जन्य घटनामा तीन जनाको मृत्यु

२४ घण्टामा विपद्जन्य घटनामा तीन जनाको मृत्यु

शनिवार , कार्तिक ८, २०८२

काठमाडौं । पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

झापा, धनुषा र महोत्तरीमा गरी तीनजनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार, झापाको शिवसताक्षी नगरपालिकास्थित लालपानीमा खेलिरहेका बेला खुट्टामा गोमन सर्पले डस्दा एक पाँच वर्षीय बालकको मृत्यु भएको छ । उपचारका निम्ति सर्पदंश केन्द्र चारआली लैजाने क्रममा उनको मृत्यु भएको हो ।

यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४, क्याम्पस चोकका ४३ वर्षीया एक महिलाको मृत्यु भएको छ । लक्ष्मीपूजाको दिन बालिएको दियोमा पुनः तेल हाल्ने क्रममा अचानक कपडामा आगो सल्किँदा घाइते भएपछि उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका—१, संगमटोलस्थित एउटा घरमा ग्यास चुहावट भई आगलागी हुँदा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

आगलागीमा परी शरीरको ९० प्रतिशत भाग जलेका उनलाई उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएकामा कीर्तिपुरस्थित बर्न अस्तपालमा उपचारका क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १६ विपद्जन्य घटना र विभिन्न ठाउँमा तीनजना घाइते भएका पनि प्राधिकरणले शनिबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077