Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विपीन जोशीको सम्झनामा ‘विपीन चोक’

विपीन जोशीको सम्झनामा ‘विपीन चोक’

शनिवार , कार्तिक ८, २०८२

महेन्द्रनगर । हमासको अपहरणमा परी ज्यान गुमाएका विपीन जोशीको सम्झनामा ‘विपीन चोक’ नामकरण गरिएको छ ।

शनिबार साँझ एक कार्यक्रमबीच कञ्चनपुरको भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलमा ‘विपीन चोक’ नामकरण गरिएको हो ।

कार्यक्रममा विपीनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामकरण गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपीन यहाँको पूर्वखेलाडी समेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिने घोषणा गरे ।

'साहसिक व्यक्तित्व स्व। जोशी सकुशल घर फर्किनेमा हामी दुई वर्षसम्म आशामा थियौँ, तर उहाँ आफू नरहेर साथीहरूको ज्यान जोगाउनुभयो । उहाँको सम्मानमा अब बन्ने वडा कार्यालयमा तस्बिर राख्ने र वडाबाट प्रतिनिधित्व गर्ने क्रिकेटका खेलाडी समेत रहेकाले रहेक वर्ष प्रतियोगिता आयोजना गर्ने योजना बनाउनेछौँ,' उनले भने ।

वडाध्यक्ष धामीले हाल स्थानीयवासीसहितको चाहनामा वडामा विपीन चोक नामकरण गरिएको र अब नगरपालिकाको कार्यपालिका बैठकबाट औपचारिक निर्णय गराउन पहल गरिने बताए ।

दीप प्रज्वलन कार्यक्रममा विपीनकी बहिनी पुष्पा जोशीलगायत टोलीवासीको उपस्थिति थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077