काठमाडौं । कञ्चनपुरका विपीन जोशीको गृहनगरमा शवयात्रा सुरु भएको छ ।
अन्त्येष्टिअघि भीमदत्त नगरपालिकाबाट केहीबेर अघि विपीनको शवयात्रा सुरु गरिएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत पनि सहभागी छन् ।
विपीनको महाकाली नदीको भुजेला घाटमा आज अन्त्येष्टि गरिँदै छ । राष्ट्रिय सम्मानसहित विपीनको अन्त्येष्टि गरिनेछ । सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ ।
अध्ययनका लागि इजरायल पुगेका विपीनको २०२३ अक्टुबर ७ मा हमासको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । उक्त आक्रमसँगै उनको अवस्था अज्ञात रहेको थियो ।
असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएको पुष्टि गरेका थिए । विपीनको शव सोमबार काठमाडौं ल्याइएको थियो ।