Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजरायलले दुई वर्षपछि भन्यो- विपीन जोशी जीवित छैनन्

इजरायलले दुई वर्षपछि भन्यो- विपीन जोशी जीवित छैनन्

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । इजरायली सेनाले नेपालका विपीन जोशी जीवित नरहेको बताएको छ । इजरायली सेनाले इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपीनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत विपीन जीवित नरहेको जानकारी गराएको हो ।

हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युबारे इजराइली डिफेन्स फोर्स (आइडिएफ) ले दुई वर्षपछि मात्रै औपचारिक जानकारी दिएको छ।

यो जानकारी इस्रायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितमार्फत पुष्टि भएको हो।

जोशीलाई हमासले २०८० असोज २३ गते किबुज आलुमिमबाट अपहरण गरेको थियो। त्यसपछि मंसिरसम्म जीवित रहेको भिडियो सार्वजनिक भए पनि त्यसपछि उनको अवस्थाबारे इस्रायलले केही खुलाएको थिएन। विपिनको परिवारलाई गत वर्ष इस्रायल लागेको थियो । अहिले उनीहरू अमेरिका पुगेका छन्।

गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।

तर अहिले जब हमासले आफ्ना कब्जामा रहेका २० कैदी हस्तान्तरण गर्दैछ, त्यही बेला विपिनबारे मृत्यु पुष्टि गरेको छ ।

यसबीच इस्रायली सरकारले  सत्य लुकाएको आरोप उठ्न थालेको छ। नेपालका जनताका लागि यो घटना केवल एक व्यक्तिको मृत्यु होइन, विदेशमा परेका नेपालीहरूको सुरक्षा र सत्ताधारी शक्तिले मानवीय संवेदनालाई कसरी राजनीति बनाउँछ भन्ने गम्भीर उदाहरण बनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077