Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हमासले बन्धक बनाएका नेपाली विपीन जोशीको भिडियो पनि सार्वजनिक

हमासले बन्धक बनाएका नेपाली विपीन जोशीको भिडियो पनि सार्वजनिक

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । हमासले बन्धक बनाएका विपीन जोशीको भिडियो बुधबार साँझ सार्वजनिक गरिएको छ । उक्त भिडियो इजरायली गुप्तचर एकाइहरूले प्राप्त गरेपछि सार्वजनिक गरिएको हो ।

३३ सेकेन्डको भिडियोमा जोशीले आफ्नो परिचय दिएका र आफू अपहरणअघि इजरायल आएको र कृषि फर्ममा काम गरेको बताएका छन् ।

जोशीको परिवारले एक विज्ञप्तिमा भनेको छ, 'गाजामा भेटिएको यो जीवनको प्रमाण जुन हामी आज तपाईंसमक्ष बाँड्दैछौँ, यसले उहाँ जीवित हुनुहुन्छ भन्ने हाम्रो अटल विश्वासलाई बल दिएको छ ।'

जोशी अक्टोबर ७ को हमला हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि शिक्षा कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

उनलाई किबुत्ज अलुमिम बाट अपहरण गरिएको थियो, जहाँ अन्य धेरै नेपाली नागरिकहरू बस्दै आएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077