Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री बालेनको अभिव्यक्तिविरुद्ध माइतीघरमा श्रम संस्कृतिको प्रदर्शन

प्रधानमन्त्री बालेनको अभिव्यक्तिविरुद्ध माइतीघरमा श्रम संस्कृतिको प्रदर्शन

शनिवार , जेठ २३, २०८३

काठमाडौं। सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ। 

केहीदिन अघि प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो। 

प्रदर्शनमा सहभागीहरूले संसद्‌मा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका छन्। 

साथै उनीहरूले नेपाली माटोको रक्षा गरौँ, राष्ट्रको सम्मान जोगाऔँ, गैरजिम्मेवारी अभिव्यक्तिको विरोध गरौँलगायत लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। 

77.png

उक्त अभिव्यक्तिपछि विपक्षी दल तथा विभिन्न नागरिक अगुवाले निरन्तर विरोध जनाउँदै आएका छन् ।

प्रदर्शनमा सहभागी दलबहादुर गुरुङले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गलत र तथ्यहीन भएको आरोप लगाए ।

यस्तै त्यस क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए। उनले हरेक देशको सीमा समस्या रहेको भन्दै सीमा समस्या र सीमा मिच्ने विषय फरक भएको उल्लेख गरे। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077