काठमाडौं । ललितपुरमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि सोमबार बेलुका दुर्व्यवहार भएको छ ।
प्रहरीका अनुसार सातदोबाटो क्षेत्रमा स्कुटरमा आएका व्यक्तिहरूले अधिकारीमाथि अभद्र व्यवहार गरेका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान थालेको छ ।
घटनामा प्रयोग गरिएको स्कुटर नियन्त्रणमा लिइएको छ तर संलग्न व्यक्ति हालसम्म फेला नपरेको ललितपुर प्रहरी परिसरले जनाएको छ ।
प्रहरीले घटनास्थल वरपरको सिसिटिभी फुटेज संकलन गरी दोषीको खोजीकार्य तीव्र पारेको जनाएको छ ।