Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हेलिपोर्ट भ्रष्टाचार: पूर्वनिर्देशक भण्डारी र महानिर्देशक अधिकारीलाई विशेष अदालत उपस्थित गराइँदै

हेलिपोर्ट भ्रष्टाचार: पूर्वनिर्देशक भण्डारी र महानिर्देशक अधिकारीलाई विशेष अदालत उपस्थित गराइँदै

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । भक्तपुरको नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई आज शुक्रबार विशेष अदालतमा उपस्थित गराइने भएको छ ।

उनीहरू सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माण गरेको अभियोगमा बुधबारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा छन् ।

आज दुवै जनाको विशेष अदालतमा बकपत्र हुने र प्रक्रिया सकिए थुनछेक बहस पनि सुरु हुनेछ ।

लामो अनुसन्धानपछि बुधबार नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाई प्रतिवादी बनाइएको छ ।

उनीहरू सबैलाई १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७७ पैसा बराबर रकम सामूहिक बिगो कायम गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077