काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका सरकारी संरचनाहरु जोगाउन नसकेको भन्दै सैनिक मुख्यालयले नेपाली सेनाका ३ जना कमाण्डरलाई हेडक्वाटर झिकाएको छ ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले उक्त घटनामा के कसो भएको हो बुझ्न २/३ जना कमाण्डरलाई हेडक्वाटर झिकाइएको हो।
बस्नेतले उनीहरुमाथि थप अनुसन्धान बाँकी रहेकाले हाललाई पूर्व विवरण दिन नमिल्ने बताए।
बस्नेतले भने- 'सैनिक मुख्यालयले संवेदनशील क्षेत्रमा खटाएका नेपाली सेनाका कमाण्डरलाई नियन्त्रणमा लिएको छ। उक्त घटनामा के कसो भएको हो बुझ्न २/३ जना कमाण्डरलाई हेडक्वाटर झिकाइएको हो।अन्य कमाण्डरहरुमाथि पनि छानबिन हुनसक्छ। त्यसबारेसमेत अध्ययन भइरहेको छ।'
यसअघि अदालतका कर्मचारीहरुले पनि ४/५ जना सैनिक बसेपनि न्यायालयका भवन जोगाउन सकिने अवस्था रहेको बताएका थिए।
जेनजी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालयको भवन, अदालत जोगाउन नसकेको भन्दै नेपाली सेनाको आलोचना हुँदै आएको छ। आलोचना बढेपछि सेनाले छानबिन अगाडि बढाइएको हो।