Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'नेपाली सेनाले राजनीति गर्दैन'

'नेपाली सेनाले राजनीति गर्दैन'

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । नेपाली सेनाले आफुहरुले कहिले राजनीति नगर्ने प्रष्ट पारेको छ ।

शुक्रबार जेनजी आन्दोलनपछिको द्दटनाक्रमबारे अवगत गराउन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका उपरथी अनुपजंग थापाले सेनाले राजनीति नगर्ने दाबी गरेका हुन् ।

उनले भने- 'आन्दोलनपछिको परिस्थितिमा शान्ति सुरक्षा तथा अमञ्चयन कायम गर्नका नेपाली सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढंगले मूल्यांकन गरी आवश्यक पहल त लिएको मात्र हो।  यसको परिणामबाटै कस्तो खालको नियत थियो भन्ने कुरा हामीले आकलन गर्न सकिन्छ। यो जेनजीसँगको वार्ताको कुरा गर्दा यो कुरा स्पष्ट छ- सेनाले राजनीति गर्दैन।'

जेनजी आन्दोलनपछि सेनाले शक्ति हातमा लिएको संकेत गर्दै उनले नेपाली सेनाले भने सबै पक्षसँग छलफल गरेर काम गरेको बताए ।

उनले प्रश्न गर्दै भने- 'भदौ २४ को राति सेनाले स्थिति साम्य पार्न जे प्रयास गर्‍यो, त्यो नगरेको अथवा विश्वमा अहिले विभिन्न ठाउँमा देखिएका अन्य मोडलहरू अनुसार कुरा अगाडि बढेको भए के हुन सक्थ्यो ? नेपाली सेनाले त्यस बखतमा यो शान्तिपूर्ण निकास तथा अराजक वातावरणको न्यूनीकरणको लागि सबै पक्षहरूसँग छलफल गर्न अपरिहार्य सम्झेको हो ।'

सैनिक अधिकारीको यो विषय सबैका लागि विचारयोग विषय भएको उनले बताए ।

त्यो परिस्थितिलाई थप जोखिमपूर्ण हुन नदिन सबै पक्षहरूसँग छलफल गर्नु नै उत्तम विकल्प भएको उनले स्पष्ट पारे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077