काठमाडौं। नेपाली सेनाले २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ।
सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी चैत २३ र २४ गतेको घटनाको विस्तृत शब्दचित्र सार्वजनिक गरेको हो ।
जसमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख छ । ४१ जना अन्य भएको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाको भनाई छ ।
जेनजी प्रदर्शनमा प्रहरकिो गोली लागेर २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा १९ र सुनसरीको इटहरीमा दुईजनाको मृत्यु भएको थियो।
प्रहरीको गोलीबाट २२ जना, जेलबाट भाग्ने क्रममा १० जना कैदीबन्दी र आन्दोलनकारीबाट मारिएका ३ जना प्रहरीबाहेक अन्य ४१ जना भने लुटपाट र आगजनी तथा आफैंले लगाएको आगो सल्किएर मृत्यु भएको हुनसक्ने सेनाको आशंका छ ।
यस्तै नेपाली सेनाले प्रदर्शनमा लुटिएका ९७८ हतियार मध्ये ५८६ बरामद र फिर्ता भएको विवरण समेत सार्वजनिक गरेको छ ।