Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन शाह र सुदन गुरूङविरुद्ध युवा संघले दियो चितवनमा जाहेरी

बालेन शाह र सुदन गुरूङविरुद्ध युवा संघले दियो चितवनमा जाहेरी

बिहिवार , आश्विन ३०, २०८२

चितवन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका प्रमुख सुदन गुरूङविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आपराधिक उपद्रव सम्बन्धी जाहेरी दिएको छ ।

संघका जिल्ला संयोजक मधुपर्क श्रेष्ठका अनुसार शाह र गुरूङले जेनजी आन्दोलनको नाममा हिंसात्मक गतिविधि र तोडफोडलाई प्रोत्साहन गरेको आरोप लगाइएको हो । जाहेरीमा उनीहरूविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।

जाहेरीमा उल्लेख अनुसार, शाह र गुरूङको नेतृत्वमा रहेका समूहहरूले राजनीतिक पार्टी र सरकारी भौतिक संरचनाहरू नष्ट गर्ने उद्देश्यले आन्दोलनको दुरुपयोग गरेका छन् ।

आन्दोलनका नाममा चितवनमा एमालेका करिब दुई दर्जन नेताहरूका घर तथा कार्यालयमा तोडफोड र आगजनी गरिएको, साथै जिल्लाका तीन नगर र एक वडाका कार्यालयमा समेत क्षति पुर्‍याइएको उल्लेख छ ।

संघले आन्दोलनका नाममा गरिएको तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा गरिएको नोक्सानीको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

यसअघि अनेरास्ववियू चितवनले पनि सोही विषयमा मेयर शाह र गुरूङविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077