एजेन्सी । अमेरिकाको मिसिसिपी राज्यमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
राज्यको राजधानी ज्याक्सनदेखि करिब १२० किलोमिटर उत्तर–पूर्वमा पर्ने लेल्यान्ड सहरको मुख्य सडकमा मध्यराततिर गोलीबारी भएको हो।
शहरका मेयर जोन लीका अनुसार, चार घाइतेलाई एयरलिफ्ट गरेर अस्पताल लगिएको छ।
हालसम्म कुनै पनि संदिग्धलाई पक्राउ गरिएको छैन ।