Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘नरम’ प्रचण्डका गम्भीर संकेत !

‘नरम’ प्रचण्डका गम्भीर संकेत !

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । जेनजी आन्दोलनले देश तहसनहस भएको ठ्याक्कै एक महिना र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, घोषित निर्वाचन एवं छानबिन आयोगको वैधतामा प्रश्न उठाएको भोलिपल्ट नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सीमित पत्रकारमाझ उपस्थित भए ।

ललितपुरको एक होटलमा सम्पादकहरूसँग अन्तक्र्रियामा अहिलेसम्मकै नरम सुनिएका प्रचण्डले पत्रकारका कुरा सुने र आफ्ना कुरा निकै गम्भीर ढंगले सुनाए ।

जेनजी आन्दोलनका बेला सिंहदरबारबाट आफू संयोगबस जोगिएको र आफूलाई कसैले उद्धार गरेको नभई सुरक्षा खोज्दै सेनाकामा आफैं पुगेको सुनाएका प्रचण्डले त्यसपछि बोलेका विषय भने गम्भीर छन् ।

‘मलाई त्यो दिन (२४ भदौमा) निश्चय पनि सेनाले नै बचाएको हो, यसको जस सेनालाई नै दिनुपर्छ, तर अहिले लागिरहेको छ मलाई र मजस्ता थुप्रै नेतालाई जोगाउने सेनाले बलिरहेको सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनसहितका सम्पदा किन जोगाएन ? आश्चर्य लागिरहेको छ,’ प्रचण्डले सम्पादकहरूसँग भने ।

उनले यो पनि थपे कि २३ भदौको आन्दोलन जेनजी युवाहरूको थियो । तर, २४ भदौको वितण्डा जेनजीहरूको होइन, यसमा भूराजनीतिक चलखेल छ । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077