Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिनापछि ब्युँझिए दलहरू, ठूला दल बैठक र अन्तर्कियामा व्यस्त !

महिनापछि ब्युँझिए दलहरू, ठूला दल बैठक र अन्तर्कियामा व्यस्त !

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । जेनजी विद्रोहको एक महिना पुगेपछि बल्ल राजनीतिक दलहरूले आफ्ना नियमित र आन्तरिक गतिविधिहरू सक्रिय बनाउन थालेका छन् ।

एक महिनासम्म चरम अविश्वासमा देखिएका सरकार र दलहरूबीचको आपसी संवाद पनि सुरु भएको छ । सरकार बनाउन निर्णायक भूमिका खेलेका राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतलनिवासमा शुक्रबार राजनीतिक दलका प्रतिनिधि, सरकार र राष्ट्रपतिबीच त्रिपक्षीय संवाद सुरु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्की दुवैले दलहरूलाई निर्वाचनमा भाग लिन आग्रह गरेका छन् । दलहरूले भने निर्वाचन भयरहित र निष्पक्ष हुनेमा शंका व्यक्त गरेका छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपासहितका सबै राजनीतिक दलका नेताहरूसँग अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहितका मन्त्रीहरू र ठूला दलका दोस्रो तहका तथा साना दलका शीर्ष नेताबीच पहिलोपटक संवाद भएको हो ।

दलहरूसँग सरकारले संवाद थालेसँगै राजनीतिक दलहरूका आन्तरिक गतिविधिहरू पनि सक्रिय हुन थालेका छन् । जेनजी आन्दोलनले दलका वर्तमान नेतृत्वको विकल्प खोजी गरिरहेका बेला सबैजसो दल पुरानै नेतृत्व बोकेर वार्ता, संवाद र छलफलमा जुटेका छन् ।

रास्वपाले बैठकमार्फत आफ्ना सबै संयन्त्र निर्वाचनमा केन्द्रित गरिसकेको छ भने नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति भंग गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा पदाधिकारी रहने संयोजन समिति बनाएर महाधिवेशनको तयारी थालेको छ । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077