Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मध्य रातमा रडले हानेर टोखामा एक युवकको हत्या, २ जना पक्राउ

मध्य रातमा रडले हानेर टोखामा एक युवकको हत्या, २ जना पक्राउ

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । फलामको रड प्रहार गरी टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ ।

चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो ।

हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ ।

उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । उपचारका लागि ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको थियो ।

प्रहरीले घटनामाथि थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077