काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भइरहेको छ ।
आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला तीन हजार २५ रुपैयाँमा कारोबार खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।