Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेता महेश बस्नेत साइबर ब्युरोमा बयानका लागि उपस्थित

एमाले नेता महेश बस्नेत साइबर ब्युरोमा बयानका लागि उपस्थित

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतसँग प्रहरीले साइबर अपराध सम्बन्धी मुद्दामा बयान लिएको छ।

एक महिलाले दिएको जाहेरीका आधारमा साइबर ब्युरोले बुधबार बिहान उनलाई बयानका लागि बोलाएको हो।

साइबर ब्युरो स्रोतका अनुसार, बस्नेत बिहान १० बजे भोटाहिटीस्थित साइबर ब्युरो पुगेका थिए।

सुरुवाती चरणमा प्रहरीले जाहेरी रीतपूर्वक नआएको भन्दै लिन अस्वीकार गरेको थियो।

तर सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि फाइल पठाएपछि प्रक्रिया अघि बढाइएको हो।

स्रोतका अनुसार, अनुसन्धान अधिकृतहरूले बस्नेतसँग सोधपुछ जारी राखेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077