Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख ३५ हजार नाघ्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख ३५ हजार नाघ्यो

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । असोज ८ गते दुई २३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता सुनको मूल्य १२ हजार ४०० रुपैयाँ बढेको छ ।

यस्तै आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077