Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रको सचिवालय बैठक सुरु

माओवादी केन्द्रको सचिवालय बैठक सुरु

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सुरु भएको छ । बैठक केहिबेर अघि केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु भएको हो ।

बैठकले जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, पार्टी एकता तथा ध्रुवीकरण, महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट कार्यविधि लगायत विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

असोज ९-१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा आगामी मङ्सिर अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

विशेष महाधिवेशन भनिए पनि एकता महाधिवेशन पनि हुनसक्ने अध्यक्ष प्रचण्डले बताएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077