Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीको सचिवालय बैठक बस्दै

माओवादीको सचिवालय बैठक बस्दै

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै छ।

महाधिवेशन आयोजक कमिटीका संयोजक पुुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएका हुन्।

बैठकले महाधिवेशनका लागि कार्यविधि बनाउने, मिति तय गर्ने तथा प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

असोज ९ र १० गते बसेको पार्टी केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

यसैगरी बैठकले प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो। सोही बैठकले पूर्वपदाधिकारीलाई सचिवालयमा रूपान्तरण गरेको थियो ।

यस्तै बैठकमा विपद्पछिको अवस्थाका बारेमा समेत बैठकमा छलफल हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077