Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजा

राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजा

बुधवार , आश्विन १५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको महान् चाड बडादसैँअन्तर्गत नवरात्रिको नवौँ दिन नवकन्याको पूजा गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार उनले महानवमीको शुभ अवसरमा नवकन्याको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले परम्परालाई निरन्तरता दिएका हुन् ।

त्यसक्रममा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरे । नवकन्याहरू नक्सालस्थित बालमन्दिरबाट ल्याइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिले गरे नवकन्याको पूजा

विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २, ३, ४, ५, ६, ७, ८ र ९ वर्षकी कन्याको पूजा गर्ने प्रचलन छ। प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नवकन्याको पूजा गर्ने प्रचलन छ ।

दुर्गाभगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको प्रतिनिधि मान्दै नवकन्याको पूजा गर्ने गरिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077