काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
आइतबार भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकले असोज २७ देखि २९ गतेसम्म बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
जेनजी आन्दोलनपछिको परिस्थितिबारे छलफलका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो । केन्द्रीय समितिले पार्टीको महाधिवेशनबारे निर्णय गर्नेछ ।
त्यसअघि असोज १९ र २० मा फेरि सचिवालय बैठक बस्ने बताइएको छ ।