Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • सत्ता गठबन्धनमै सरकारको आलोचना बढेपछि उच्चस्तरीय संयन्त्र बैठक बस्दै

    सत्ता गठबन्धनमै सरकारको आलोचना बढेपछि उच्चस्तरीय संयन्त्र बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०८२
  • 285
    SHARES

    काठमाडौं । सत्तारुढ दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक आज बस्दै छ ।

    सत्ता साझेदार दल नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापालगायत नेताले नै सरकारको आलोचना गरिरहेका बेला संयन्त्रको बैठक साँझसम्म बस्ने गरी बोलाइएको हो ।



    बैठकको समय भने संयन्त्रमा सम्मिलित नेताको समयअनुकूल मिलाएर तोकिने बताइएको छ । यसअघि मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो।

    उच्चस्तरीय संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।

    एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार