सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार अब ढल्न मात्रै बाँकी रहेको दाबी गरेका छन् ।
सिन्धुपाल्चोकको चौतारामा बिहीबार भएको वाईसिएल नेपालको पाचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले वर्तमान केपी ओली नेतृत्वको सरकार चौतर्फी रुपमा असफल भइसकेको बताए । असफल भइसकेको सरकार अब ढल्न मात्रै बाँकी रहेको उनको दाबी छ ।
उनले संविधान कार्यान्वयन र व्यवस्था बचाउने सवाल, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, अन्तराष्ट्रिय सम्बन्ध र घरेलु समस्या जस्ता सबै विषयमा सरकार असफल भएको उनले टिप्पणी गरे ।
Leave a Reply