काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारण व्यक्तिलाई कुटपिट गर्ने चारजना ट्राफिक प्रहरीलाई कारबाही गरेको छ ।
०८१ मंसिर २३ गते सुन्धाराको आकासे पुलमुनि जनसेवाबाट खटिएका ट्राफिकले सर्वसाधारण व्यक्तिलाई कुटपिट गरेका थिए ।
कुटपिटको उक्त भिडियो भाइरल भएपछि ट्राफिक प्रहरी कार्यालयको ध्यानाकर्षण भएको हो । कुटपिटमा संलग्न चारजना ट्राफिक प्रहरीलाई जनसेवाको जिम्मेवारीबाट हटाइएको ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।
“प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकासो पुलमुनिको भएको र उक्त कार्यमा संलग्न देखिएका चारजना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ ।
एक जना व्यक्ति कुटिएको भिडिओ बिहीबार बिहानैबाट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
Leave a Reply