काठमाडौं । नेपाल प्रहरीका ७५ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) को पदस्थापन गरिएको छ ।
प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो ।
उनीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी प्रहरी नायव महानिरीक्षकको बिहीबारको निर्णयानुसार पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्न पनि भनिएको छ ।
Leave a Reply