Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • शिक्षकलाई तीन दिनभित्र काममा फर्किने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

    शिक्षकलाई तीन दिनभित्र काममा फर्किने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०८२
  • 588
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र काममा फर्किने वातावरण बनाउन सरकारका नाममा आदेश दिएकोछ ।

    अधिवक्ता श्रवणकुमार चौधरीलगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधिश डा। नहकुल सुवेदीको एकल इजलासले बालबालिकालाई नियमत रुपमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्न अन्तरिम आदेश दिएको हो ।



    ‘आन्दोलनरत शिक्षकहरुका जायज र संविधानसम्मत मागहरु तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिन भित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ।

    गत चैत्र २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न अदालतले आदेश दिएको हो ।

    देशभरका सामुदायिक विद्यालयका शिक्षक चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार