Online Nepal
  • शनिबार, ३ जेष्ठ २०८२
  • गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण : प्रकाशशरण महत

    गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण : प्रकाशशरण महत

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०८२
  • 291
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन् ।

    बीपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययन तथा विकास संस्थाले बिहीबार आयोजना गरेको ‘आगामी बजेटका प्राथमिकताहरू’ विषयक विशेष अन्तरसंवाद कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका डा. महतले यस्तो बताएका हुन् ।



    उनले राजनीतिक पूर्वाग्रह नराखी योग्य र व्यावसायिक व्यक्तिलाई गभर्नर नियुक्त गरिनुपर्ने बताए ।

    ‘गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण कुरा हो’, महतले भने, ‘जसले निरपेक्ष भावले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्छ, त्यस्तो व्यक्तिलाई गभर्नर नियुक्त गर्नुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार