काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवालाई भड्काउने अनेक प्रयास भइरहेको बताएका छन् ।
लोकतन्त्र दिवसका अवसरमा बिहीबार भृकुटीमण्डपमा आयोजित युवा उत्सव (युथ सेलिब्रेसन) कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले केही मानिसहरूले सामाजिक सञ्जाल प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास गरेको भन्दै यसमा सचेत हुनुपर्ने बताए । उनले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरूले सङ्कल्प र तागत देखाउनुपर्ने बताए ।
जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने उनको भनाइ छ ।
“देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुनुपर्छ, नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन् । महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन्। ढुक्क हुनुस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ,’’ उनले भने ।
Leave a Reply