Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • राजतन्त्र फर्किने कुरा दिवा सपना मात्रै हो : माधव नेपाल

    राजतन्त्र फर्किने कुरा दिवा सपना मात्रै हो : माधव नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, २६ चैत्र २०८१
  • 153
    SHARES

    विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेसँग एकताको सम्भव नभएको बताएका छन्।

    एकीकृत समाजवादी कोशी प्रदेशको सम्मेलन उद्घाटनका लागि विराटनगर पुगेका अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।



    एमालेसँग कुनै हालतमा पार्टी एकताको सम्भव नभएको उनले बताए।

    अध्यक्ष नेपालले राजतन्त्रवादीहरुले केही समय यता चुरीफुरी गरिरहेको उल्लेख गर्दै राजतन्त्र फर्किने कुरा दिवा सपना मात्रै भएको बताए ।

    राजतन्त्र फर्किनु, राणातन्त्र फर्किनु र दास युग फर्किनु उस्तै भएको अध्यक्ष नेपालको भनाई छ ।

    असम्भव कुराका पछि नदौडन जनतालाई उनले आह्वानसमेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार